विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्ने भएका छन् । इस्कोन विराटनगरले मंसिर १ गते विहान ८ बजे कलश यात्रा र १ गतेदेखि ७ गतेसम्म भागवत सप्ताहको आयोजना गर्न लागेको हो । श्रीमद् महा भागवत विराटनगर – २ को तीनपैनी स्थित खाटु श्याम मन्दिरमा हुने भएको छ । […]
विराटनगर । विराटनगरमा यही आउँदो २०२४ डिसेम्बर २० र २१ (२०८१ पुस ५ र ६) मा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। यो विशेष कार्यक्रम विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा सम्पन्न हुने छ। कार्यक्रमको आयोजना नेपालका आभा फाउण्डेसन र भारतको राष्ट्रिय कला सेवा संस्थानले संयुक्त रूपमा गर्दैछन्। आयोजक संस्थाका प्रतिनिधिहरू—आभा अनुपमा […]
विराटनगर । विराटनगर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी एन आई टीकलेजले नयाँ शैक्षिक सत्र भर्नाको भएका विद्यार्थीलाई स्वागत गरेको छ । प्राविधिक शिक्षा अध्यापन गर्दै आइरहेको एन आई टी ले बुधबार एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक बिद्यार्थीलाई स्वागत गरिएको हो । नयाँ शैक्षिकसत्र २०८१र०८२ मा ७० जना बिद्यार्थी भर्ना भएको हो । […]
विराटनगर । नारी उत्थान समाज विराटनगरले आज छैठौं जितिया महोत्सव मनाएको छ । कार्यक्रममा मिथिलामा बिशेषगरी विवाहित नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ । तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु […]
विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्रा भदौ ११ गते मंगलबार निकालिने भएको छ। विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिषरमा बिहीबार पत्रकार सम्मेलन गर्दै रथयात्रा समारोह समितिले रथयात्राको ९३ औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पत्रकार सम्मेलनका क्रममा समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रा अपराह्न करिब साढे ३ बजे निकालिने तयारी रहेको जानकारी दिनुभयो । विगतभन्दा फरक […]
काठमाडौँ । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौँ आइपुगेका अनिरुद्धाचार्यजी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसँग जोडिएको बताएका हुन् । उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक […]
विराटनगर । मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने रेडियो नागरिककी फूलडाली कार्यक्रम संचालिका कविता झाले बताउनुभयो। वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वरको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको […]
महोत्तरी । मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्। सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता […]
काठमाडौँ। चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ । आर्यन […]