मन्त्रिपरिषद्ले थ्री नेशन्स कप फुटबल प्रतियोगिता जित्ने टोलीका प्रत्येक सदस्यलाई चार चार लाख रुपियाँबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गरिनेछ । मन्त्रिपरिषद्को निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो । प्रवक्ता गुरुङले प्रतियोगिता […]