ग्रामथानका नवनिर्वाचित अध्यक्ष नमोनारायणद्वारा शपथ पदभार ग्रहण

विराटनगर । मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाका नव निर्वाचित अध्यक्ष नमोनारायण माझीले पदभार ग्रहण गरेपछि पालिकाका सम्पूर्ण नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्। बुधबार गाउँपालिकाको प्राङ्गणमा आयोजित शपथग्रहण कार्यक्रम पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क बनाउने निर्णय गरेको बताउनुभयो । पालिकाका प्रमुख […]

अपाङ्गता दिवसको अवसरमा देवानगञ्जमा र्‍याली तथा सम्मान कार्यक्रम सम्पन्न

विराटनगर । देवानगञ्जमा र्‍याली तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान कार्यक्रम गरिएको छ । मंगलबार देवानगञ्ज गाउँपालिकाको सहयोग र अपाङ्गता समावेशी संस्थाको आयोजनामा ३३ अौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर भव्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” मुल नाराका […]

“मिथिला में रहितो यौ पाहुन” मैथिली गीत मच्चायो धूम

विराटनगर । अहिले मिथिला क्षेत्रमा “मिथिला में रहितो यौ पाहुन भ जैतो गोर यौ” भन्ने मैथिली गीत निकै चर्चित भएको छ। यो गीतलाई सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् र मन पराइरहेका छन्। यो गीत रेडियो नागरिकमा मैथिली कार्यक्रम फुलडाली कार्यक्रम सञ्चालन गरिरहेका प्रेम नारायण झा द्वारा लेखिएको छ भने मैथिली गायक बीरेन्द्र झाको स्वर […]

विराटनगर किंग्सको आधिकारिक जर्सी सार्वजनिक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । विराटनगर किंग्सका खेलाडी सन्दिप लामिछानेले मंगलबार जर्सि सार्वजनिक गरेका हुन् । विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरे । त्यसैगरी द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ […]

डाक्टर पंकजराजको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ पुस्तक बिमोचन

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन समाज (नेसन) को ११ औं राष्ट्रिय सम्मेलनमा डाक्टर नेपालको उक्त पुस्तक बिमोचन भएको हो । पुस्तकको बिमोचन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत […]

मोरंग चेम्बर अफ कमर्सद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । मोरंग चेम्बर अफ कमर्सले नेपाल सरकारका उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय श्री प्रकाशमान सिंहज्यूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री श्री प्रकाशमान सिंहज्यूले सहरी विकास र व्यापारका विविध पक्षमा सरकारको दृष्टिकोण र योजना प्रस्तुत गर्नुभयो। बिशिष्ट अतिथिहरूमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरंग जिल्ला प्रशासन कार्यालयका प्रमुख […]

संविधान संशोधन र सरकार सञ्चालन ७ बुँदे सहमतिको मर्मअनुसार अघि बढ्ने: उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन्। शुक्रबार विराटनगरमा नेपाल प्रेस युनियन, मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले वर्तमान सरकार दुई प्रमुख दलको सहमतिमा बनेको र प्रभावकारी सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक भएको स्पष्ट पारे। उनले भने, “सरकारलाई सफल र […]

इस्कोनका लालगोविन्द प्रभुजी भागवत कथा वाचन गर्न विराटनगर आउदै

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय  कृष्णभावनामृत  संघ  (इस्कोन) का लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्ने भएका छन् । इस्कोन विराटनगरले मंसिर १ गते विहान ८ बजे कलश यात्रा र १ गतेदेखि ७ गतेसम्म भागवत सप्ताहको आयोजना गर्न लागेको हो । श्रीमद् महा भागवत विराटनगर – २ को तीनपैनी स्थित खाटु श्याम मन्दिरमा हुने भएको छ । […]

विराटनगरमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन हुँदै

विराटनगर । विराटनगरमा यही आउँदो २०२४ डिसेम्बर २० र २१ (२०८१ पुस ५ र ६) मा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। यो विशेष कार्यक्रम विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा सम्पन्न हुने छ। कार्यक्रमको आयोजना नेपालका आभा फाउण्डेसन र भारतको राष्ट्रिय कला सेवा संस्थानले संयुक्त रूपमा गर्दैछन्। आयोजक संस्थाका प्रतिनिधिहरू—आभा अनुपमा […]

मोरङमा भाउजूमाथि खुकुरी प्रहार, देवर पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ। ५५ वर्षीया भाउजु शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले देवर वसन्तलाई नियन्त्रणमा लिएको हो। घटनाबारे जानकारी दिँदै मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले खुकुरी प्रहारबाट शिवा गम्भीर घाइते भएकी र उनको दाहिने हातको नाडी र पातामा […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!