बीपी प्रतिष्ठानमा गम्भीर अवस्थाका बिरामीले मात्र उपचार पाउने

प्रदेश १ र प्रदेश २ को रिफरल सेन्टर मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक उपचार सेवा लिनुपर्ने बिरामी बाहेक सामान्य बिरामीलाई अस्पताल नआउन सार्वजनिक अपिल गरेको छ ।प्रतिष्ठानले बुधबार अपिल जारी गर्दै चिकित्सक, नर्सहरुसमेत संक्रमित हुन थालेकाले जनशक्ति सीमित भएको जनाएको छ । भएका जनशक्ति कोभिड अस्पतालमा केन्द्रित भएकाले गम्भीर किसिमका बिरामीमात्र उपचारका […]

सुनसरीका नाकाबाट प्रवेश निषेध

भारतसँग सीमा जोडिएका नाकाबाट सुनसरीमा बुधबारदेखि प्रवेश निषेध गरिएको छ । जिल्ला प्रशासनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर प्रवेश निषेध गरिएको हो । नेपाली नागरिकको हकमा कोशी गाउँपालिका–८ मा पर्ने भण्टाबारी नाकामात्र खुला गरिएको छ । जिल्ला प्रशासनले भण्टाबारी नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकका लागि हेल्प डेस्क राखिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनले भने,‘पछिल्लो […]

इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने-उपमेयर गौतम

इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो । आज खादय समाग्री वेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईले जानकारी […]

भारतीय र चिनियाँ नागरिक पीसीआर रिपोर्ट लिएर स्थलमार्गबाट नेपाल आउन सक्ने

भारतीय र चिनियाँ नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न सरकारले दुई वटा शर्त अघि सारेको छ । ७२ घण्टा भित्र पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिर्पोट र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी बुक भएको प्रमाण देखाएमा उनीहरुलाई नेपाल आउन सक्ने गरी सरकारले छुट दिएको हो । मन्त्रिपरिषद्को १३ वैशाखको बैठकले यस्तो निर्णय गरेको हो […]

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता

सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार […]

अक्सिजन सिलिण्डर लगायतका वस्तुमा कर छुट दिने सरकारको निर्णय

सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय सरकारले गरेको छ । कोभिड १९ सँग सम्बन्धित विषयमा कर छुटको निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । त्यस्तै सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गते विहान ६ बजेदेखि लागु […]

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ । […]

चीनद्वारा नेपाललाई कोरोनासँग लड्न पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो । […]

प्रदेश १ मा आज १८८ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज मंगलवार १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, […]

वीरगन्जमा एक साता निषेधाज्ञा

वीरगन्ज : वीरगन्जमा कारोना भाइरस (कोभिड-१९) संक्रमण र त्यसबाट हुने मृत्यु दर बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएको छ। मङगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्साले एक हप्ताका लागि निधेषज्ञा लगाउने निर्णय गरेको हो। वैशाख १६ गते बिहीबार बिहान ४ बजे देखि वैशाख […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!