देवानगञ्ज, २४ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका ५ साहेबगञ्जबाट स्रोत नखुलेको १४ लाख रकमसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोदकुमार साह र रोशन साह रहेका छन् । मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार साहेबगञ्ज […]
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो ।सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार कोरोना […]
इटहरीमा ५० शैयाको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो । इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको ब्यवस्था गरिएको […]
भाटभटेनी सुपरमार्केट इटहरीले इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पाँचलाख एकसय एक रुपियाँ सहयोग गरेको छ । सुपरमार्केटका तर्फवाट उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई चेक हस्तान्तरण गरिएको हो । कोरोना महामारीले समस्या पारिरहेको वेला कोषमा सहयोग गरेकोमा भाटभटेनी सुपर मार्केट इटहरीलाई प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो ।
कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने विषयमा छलफल गरेको छ । इटहरीमा १५ वेड सम्म संचालन भएका अस्पतालहरु सँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन […]
प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष […]
काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक यात्राको लागि पासको सम्बन्धमा थप स्पष्ट पारेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै विवाह व्रतबन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र दुई वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाइने भनिएको छ । मृत्यु संस्कारका लागि प्रशासनबाट अनुमति लिन […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेतासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन्। देउवा निवासमा आज अपरान्ह करिब एक घण्टा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित नेताहरू र कांग्रेस नेताहरूबीच छलफल भएको थियो। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भर्खरै छलफल सकिएको बताए। छलफलमा प्रधानमन्त्री ओलीले सहकार्य गरी जान कांग्रेससँग सहयोग मागेका थिए। जवाफमा कांग्रेसले सरकारले […]
कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी पाएका हुन । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती […]
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार […]