हामी सरकारमा जान्छौं, “कम्युनिष्ट पार्टी छोड्दैनौं”:अध्यक्ष नेपालले

काठमाडौं । हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष नेपालले भने । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गरेको छ । बिहीबार क्वालिटी बैकट […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेको छ। बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता […]

कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार: मन्त्री कार्की

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार सुखसेना नहर जल उपभोक्ता समन्वय समितिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको धेरै भूभाग कृषि योग्य भए पनि सिंचाई, मल र प्राविधिकको अभावले व्यवसायीकरण हुन नसकेकाले अब सरकारले कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार सृजना गर्ने बताए । मन्त्री कार्कीले कृषिमा […]

केपी ओली जतिको राष्ट्रघाती कोही छैन: उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् । नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई जोगाइदेऊ भन्दै […]

भारतले धौलीगंगा बाँधको ढोका खोल्ने

धनगढी । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत परियोजना सफाइका लागि बिहीबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा […]

आफ्नै बुवा र श्रीमतीको हत्याको आरोपमा छोरा पक्राउ

धनुषा । धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको आरोपमा पक्राउ परेका छन् । ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ । प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि […]

कोशी अस्पतालको शौचालयमा पुरुषको शव फेला

विराटनगर । कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् । ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ । ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा नगरपालिका(३ का ६१ वर्षीय होमराज पोखरेल […]

गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलमा पक्राउ

काठमाडौं । लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक रहेको छ। लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा […]

अब एकताको भ्रममा नपर्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए । चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको […]

बर्जुको ४४ वटै बालविकास केन्द्रलाई साइकल हास्तान्तरण

सुनसरी । बर्जु गाउँपालिकामा साइकल वितरण गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गरि साइकल वितरण गरेको हो । गाउँपालिका भित्र रहेको ४४ वटै बाल विकास केन्द्रलाई गाउँपालिकाले साइकल उपलब्ध गराएको सन्तोष बन्जराले जानकारी दिए । आज हामी सबै बालविकास शाखालाई साइकल हस्तान्तरण गरेको हो । उनीहरुलाई बालविकास केन्द्रसम्मा जानआउन सहज होस् र खासगरी प्रोत्साहित […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!