पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर […]

नेपालमा भुकम्पको ७ म्याग्निच्युडको धक्का महसुश

विराटनगर । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य […]

टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारीको १९औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१, मिलन चोकस्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक […]

कोशी प्रदेशका मन्त्री हाङगामद्वारा १ सय दिने उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो १ सय दिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले १३ बुँदे उपलब्धि प्रस्तुत गर्दै सहकारी, कृषि, उद्यमशीलता र पशुपालनमा थुप्रै नीतिगत र कार्यान्वयनका सुधार ल्याएको जानकारी दिए। मन्त्री हाङगामले सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न एप्लिकेशन सफ्टवेयरमार्फत नियमनको प्रक्रिया सुरु […]

राष्ट्रसेवक सहकारीद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरूसँग अन्तरक्रिया सम्पन्न

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघका हालै निर्वाचित पदाधिकारी र सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी र पत्रकार महासंघका नव निर्वाचित प्रतिनिधिहरूबीच परिचयात्मक संवाद र अन्तरक्रिया भएको हो। कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव निर्वाचित पत्रकारहरूलाई बधाई एवं सम्मान व्यक्त गरे। उनले सहकारी […]

विराटनगरमा क्यान महासंघ मोरङद्वारा प्रविधिमैत्री परिचयात्मक कार्यक्रम सम्पन्न

विराटनगर । क्यान महासंघ मोरङले ओएसिस क्याफे, विराटनगरमा आज विशेष कार्यक्रम आयोजना गरी आफ्नो नयाँ कार्यसमितिलाई परिचयात्मक तथा सदस्यता प्रमाणपत्र वितरण समारोह भव्यरूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन साना बालिका निहारिका यादवले गमलामा पानी हालेर गरेकी थिइन्। यसले भविष्यका कर्णधार बालबालिकालाई प्रकृति र प्रविधिको महत्वबारे सचेत तुल्याउन र उनीहरूलाई नेतृत्वको जिम्मेवारी सिकाउन विशेष प्रेरणा दिएको […]

पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक विजयी

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले १ सय १७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२/८२ वराबर मत प्राप्त गर्नुभएको छ […]

नेपाल पत्रकार महासंघ निर्वाचन आज

विराटनगर । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा […]

आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुले गरे पूर्व विद्यार्थी संघ गठन

विराटनगर । विराटनगरस्थित आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले १३ सदस्यीय आदर्श विद्यालय पूर्व विद्यार्थी संघ गठन गरेको छ । वि.स. २०५४ का एसएलसी ब्याजी विद्यार्थीहरुको अग्रसरतामा गठन भएको यो संघमा त्यसअघि र पछिल्ला शैक्षिक शत्रका पूर्व विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । शनिबार गठन भएको संघको संस्थापक अध्यक्षमा अञ्जु पराजुली चयन भएको छ […]

देवानगञ्जमा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु

विराटनगर । देवानगञ्ज गाउँपालिकाले यस वर्ष पनि किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको उन्नत जातको बिउ वितरण सुरु गरेको छ। बिहीबारबाट सुरु गरिएको यो कार्यक्रम गाउँपालिकाको वार्षिक स्वीकृत योजनाअनुसार सञ्चालन गरिएको हो। गाउँपालिका प्रमुख बेचनप्रसाद मेहताले किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार, गत वर्षको सफलताबाट प्रेरित हुँदै […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: radionagarik@hotmail.com
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!