भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज सुनसरी द्धारा भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सुनसरीको देवानगञ्ज गाउँपालिका एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कुशवाहा समाज अगाडी बढ्नुपर्ने, कुशवाहा समाज एक भएर लाग्नुपर्ने, कुशवाहा समाजमा अहिले पनि धेरै विकृती छ त्यो कसरी न्यूनीकरण गर्न सकिन्छ लगायतका […]

सुरक्षा अधिकारीद्धारा सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन

विराटनगर । सुनसरीका सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेको छ । सीमावर्ती क्षेत्रको बर्जु र देवानगञ्ज गाउँपालिकाको सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरिएको हो । शुक्रबार मोरंगको सीमा केशल्या खोला र नेपाल भारतसीमा अमडुवादेखी देवानगञ्जको कौवाखोचसम्मको क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भको अनुगमन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो […]

सयकडा ५ को दरले साहुको सम्पूर्ण ऋण तिर्दा पनि जग्गा फिर्ता लिन सकेनन् जोगानन्द

विराटनगर । साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको ऋणले सुनसरी देवानगंज गाउँपालिका एकजना किसान बेघर बनेका छन् । सुनसरीको देवानगंज गाउँपालिका १ का जोगान्द मेहता बेघर बनेका हुन । गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा नौ कठ्ठा तीन धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए । विस […]

टेलिभिजन चोरीको आरोपमा दुई जना पक्राउ

विराटनगर । टेलिभिजन चोरी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् | मोरङ बुढीगंगा गाउँपालिका ४ नेमुवा स्थित नविन डिस्ट्रिव्युटर्स प्रा. लिको टिभी चोरी आरोपमा दुई जनालाई पक्राउ गरको हो । चोरी आरोपमा मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका ४ का २९ वर्षीया कोशन ऋषिदेव र सोही ठाउँका १९ वर्षीया सन्दिप कुमार ऋषिदेवलाई बुधबार पक्राउ गरेको […]

कृषिप्रधान देशमा कृषि ऐन छैन: मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री डा.वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको बताउनुभयो । अहिले मन्त्रालयले कृषि ऐन बनाउन मस्यौदा तयार […]

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ

काठमाडौँ — पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ । देशभर पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई)का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन् । पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ । पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि […]

मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी […]

शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । ुमिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट […]

प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । ‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ रु प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्ट सँग भनौंला’ उनले भने । जहाँ जुन […]

हेलिकप्टर दुर्घटना क्षेत्रमा उद्धार टोली पुग्यो, पाँच घाइते

संखुवासभा ।  संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए । उनीहरु घाइते अवस्थामा रहेको खबर प्राप्त […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!