हरिनगर माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर ।  सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित श्री हरिनगर माध्यमिक विद्यालयले आफ्नो ७२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा स्थानीय तथा प्रदेशस्तरीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वि.सं. २००९ मा स्थापना भएको यस विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै हजारौं विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेको छ। सुनसरी जिल्लाको दक्षिणी […]

आदर्श माविको ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर । विराटनगरको ऐतिहासिक एवं शैक्षिक दृष्टिले महत्वपूर्ण आदर्श माविले आफ्नो ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार आयोजित विशेष समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पछिल्ला वर्षहरूमा हासिल गरिएको प्रगतिप्रति वक्ताहरूले प्रशंसा व्यक्त गरेका थिए। समारोहका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षामा विशेष ध्यान दिन विद्यालयलाई सुझाव […]

सरस्वती पूजाको चटारो: देवानगञ्जका मूर्तिकारलाई भ्याइ–नभ्याइ

विराटनगर । सरस्वती पूजालाई लक्षित गर्दै सुनसरीको देवानगञ्जका मूर्तिकारहरू अहिले मूर्ति बनाउनमा व्यस्त छन्। सामुदायिक तथा निजी विद्यालयहरू, पुस्तकालयहरू र अन्य धार्मिक स्थलहरूमा पूजाका लागि मूर्ति बनाउने क्रम तीव्र भएको छ। देवानगञ्ज-३ का अर्जुन पण्डितका अनुसार सरस्वती पूजाको समय निकटिँदै जाँदा उनीहरूले मूर्ति बनाउन भ्याइ-नभ्याइ गरिरहेका छन्। उनले ३० देखि ४० वटा मूर्ति बनाउने गरेका छन्। […]

बिराट एक्सपो २०२५: हुलास मोटर्सको काग्रो हस्तान्तरण

विराटनगर । बिराटनगरमा जारी बिराट एक्सपो २०२५ का अवसरमा हुलास मोटर्सले आफ्नो विद्युतीय काग्रो सार्वजनिकरूपमा हस्तान्तरण गरेको छ। अर्जुन मेहताले हुलास मोटर्सको काग्रो खरिद गर्नुभएको हो। हुलास मोटर्सको तर्फबाट मुदित गोल्छा र उद्योग संगठनका पूर्व प्रतिनिधि श्याम पौडेलले संयुक्तरूपमा काग्रो हस्तान्तरण गर्नुभएको थियो। हुलास मोटर्सले यस एक्सपोमा काग्रो र सिटी रिक्साको ब्याट्री समेत उपलब्ध गराएको […]

देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न

विराटनगर । सुनसरी जिल्लाको सीमा क्षेत्रस्थित देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा, उपाध्यक्ष विभा कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सहितका सभा सदस्यहरूको उपस्थिति रहेको यस अधिवेशनले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। सभामा उपाध्यक्ष विभा कुमारी यादवले कार्यपालिका निर्णय, अस्थायी/करार/ज्यालादारी कर्मचारीहरूको म्याद थप, […]

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष […]

सर्‍यो कोशीको लगानी सम्मेलन, बैसाख १८ र १९ गते हुने

विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […]

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर […]

टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारीको १९औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१, मिलन चोकस्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक […]

राष्ट्रसेवक सहकारीद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरूसँग अन्तरक्रिया सम्पन्न

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघका हालै निर्वाचित पदाधिकारी र सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी र पत्रकार महासंघका नव निर्वाचित प्रतिनिधिहरूबीच परिचयात्मक संवाद र अन्तरक्रिया भएको हो। कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव निर्वाचित पत्रकारहरूलाई बधाई एवं सम्मान व्यक्त गरे। उनले सहकारी […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!