सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा रहेको कप्तानगंज स्वास्थ्य चौकीमा निशुल्क फिजियोथेरापी सेवा आज उद्घाटन कार्यक्रमको आयोजना गरी सञ्चालनमा आएको छ । फिजियोथेरापी केन्द्र गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उद्घाटन गरेको हो ।
प्रदेस नम्बर १ को सामाजिक विकास मन्त्रालय, देवानगञ्ज गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षिय सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत, अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय स्तरबाटै निशुल्क फिजियोथेरापी सेवा केन्द्र सञ्चालनमा ल्याएको र स्वास्थ्य सामग्री समेत हसतान्तरण गरेको करुणा फाउण्डेसन नेपालको राजीव चौधरीले बताउनुभयो । अपाङ्गता भएका सेवाग्राहीहरुको सहजताका लागि फिजियोथेरापी केन्द्रको लागि व्हिल चेयर समेतको सुविधा रहेको स्वास्थ्य प्रमुख उमेश प्रसाद मेहताले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले देवानगंज गाउँपालिकामा फिजियोथेरापि सेन्टर संचालनमा आउदा फिजियोथेरापिका लागि बहिर जान नपर्ने बताउनुभयो । अध्यक्ष मेहताले स्थानिय सरकारले अब बन्ने बजेटमा फिजियोथेरापि लागि छुटै बजेट निमार्ण गरी फिजियोथेरापि सेवालाई थप उतकृष्ट सेवामूलक बनाउने जानकारी दिनुभयो ।
यता गाउँपालिकाकी उयाध्यक्ष कुमारी विभा यादवले गाउँपालिकामा निशुल्क फिजियोथेरापी सेवा उपलब्ध हुदा दैनिक क्रियाकलापमा सहज हुने बताउनुभयो । यहाँका स्थानियहरुले बहिर जान नपरोस् भन्ने उदेश्यले निशुल्क फिजियोथेरापी सेवा सुरु भएको उपाध्यक्ष यादवले बताउनुभयो । उहाँले भन्नुभयो फिजियोथेरापी सेवाको अधिकतम लाभ लिन सेवाग्राहीहरुलाई आग्रह गर्दछु ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रहासकिय अधिकृत रामराज पौडेल स्वास्थ प्रमुख उमेश मेहता, महिला बालबालिका शाखाकी सृजना पोर्खेल, वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत, करुणा फाउण्डेसन नेपालका श्याम साह र राजिव चौधरी, लगायतको उपस्थिति रहेको थियो ।