काठमाडौँ । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, “चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो ? कसलाई खुसी पार्न ?”
चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै पूर्वप्रधानमन्त्री केपी ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गरेका छन् ।
चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थपे, यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु । वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप थियो । सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यो प्रतिक्रिया आएको हो ।
मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दलले पनि विरोध गरेको हो ।