अब एकताको भ्रममा नपर्न : माधव नेपाल

Radio Nagarik 100.4 MHz मंगलबार, भाद्र ०८, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए ।

चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको कुरा धेरै ढिलो भयो । अब नयाँ पार्टी निर्माणमा लगौं’ नेपालको भनाइ थियो ।

क्रान्तिकारी र सशक्त पार्टी बन्ने प्रशस्त आधार भएको अध्यक्ष नेपालले बताए । ‘कोके स्थापना गर्ने मध्ये पाँच जना सक्रिय राजनीतिमा छौं । त्यस मध्ये तीन जना हामी सँगै छौं’, उनको भनाइ थियो । कोके स्थापना गर्ने मध्ये सीपी मैनाली अलग पार्टीमा रहेको र बाँकी मध्ये तीन जना (माधव नेपाल, झलनाथ खनाल र मुकुन्द न्यौपाने) एकीकृत समाजवादी बनाउन लागिपरेको नेपालले बताए ।

कोके बनाउने मध्ये अमृत बोहोरा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको उनले बताए । ९ भदौमा माधव नेपाल नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।

त्यसअघि केन्द्रीय कमिटी बैठक बस्न चन्द्रागिरी पुगेको जगनाथ खतिवडाले बताए । उनका अनुसार, चन्द्रागिरीमा पार्टी विधान र राजनीतिक कार्यक्रमबारे समेत छलफल हुनेछ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: radionagarik@hotmail.com
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!