शिक्षा सहयोग तथा वास र अन्य पूर्वाधार सुधार बर्जु परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

डुमरलाल मेहता शुक्रबार, बैशाख १२, २०८२

विराटनगर ।  सुनसरीको बर्जु गाउँपालिकामा हर्ड नेपालको आयोजनामा सञ्चालित “शिक्षा सहायता परियोजना” अन्तर्गत बालमैत्री तथा अपांगमैत्री पूर्वाधार र WASH (पानी, सरसफाइ तथा स्वच्छता) सुधार समेटिएको कार्यक्रमको समापन तथा औपचारिक हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

बिहीबार परियोजनाले बर्जु गाउँपालिकाभित्रका १६ वटा प्रारम्भिक बाल विकास (ECCD) केन्द्रहरूमा खानेपानी, सरसफाइ तथा महिनावारी स्वच्छता व्यवस्थापन (MHM) पूर्वाधारको स्तरोन्नति गर्दै किशोरीहरूलाई लक्षित गर्दै सुरक्षित, स्वच्छ र सहज सिकाइ वातावरण सिर्जना गर्न मद्दत गरेको छ। परियोजनाको प्रमुख उद्देश्य भनेको शिक्षाबाट बञ्चित बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच बढाउन रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि बर्जु गाउँपालिका अध्यक्ष जीवछ रायले परियोजनाबाट आफुहरू अत्यन्तै खुशी भएको बताउँदै भन्नुभयो, “बाल विकासका लागि स्वास्थ्यसँग सम्बन्धित अत्यन्तै महत्त्वपूर्ण काम गरिएको छ। LDS Charities को सहयोगमा हर्ड नेपालले शिक्षा, स्वास्थ्य र सरसफाइको पूर्वाधारमा पुर्‍याएको योगदान प्रशंसनीय छ।”

अध्यक्ष रायले बाल कक्षाका लागि आवश्यक सामग्री, बालमैत्री चर्पी, स्वच्छ खानेपानीको व्यवस्था जस्ता कार्यहरू सराहनीय रहेको उल्लेख गर्दै थप ३९ वटा बाँकी बाल शाखाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्न आग्रह गर्नुभयो।
बाल विकास केन्द्रकी शिक्षिका गोसनी कुमारी चौधरीले १० वर्षपछि यस्तो स्तरीय तालिम प्राप्त गर्न पाएको अनुभव साझा गर्दै भन्नुभयो, “हामीलाई बच्चा कसरी पढाउने र हेरचाह गर्ने भन्ने तालिमसँगै इसिडी कक्षाको लागि अत्यावश्यक सामग्री प्रदान गरिएको छ, जुन अत्यन्तै उपयोगी भएको छ। अहिलेको तुलनामा पहिलेको अवस्था निकै कमजोर थियो।”
रामसिता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद यादवले नमुना विद्यालयको रूपमा रामसिता माविमा बालकक्षाको व्यवस्थापनदेखि शौचालय सुधारसम्मका कार्यहरूको खुलेर प्रशंसा गर्नुभयो। “हामीलाई प्रदान गरिएको सहयोग अत्यन्तै उपयोगी रह्यो,” उहाँले भन्नुभयो, “आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता पाइरहुन् भन्ने अपेक्षा गरेका छौँ।”

उक्त परियोजनाले १६ वटा ECCD केन्द्रहरूमा शैक्षिक तथा भौतिक पूर्वाधारहरू जस्तै शैक्षिक सामग्री, बालकक्षाको सेटिङ एरेन्जमेन्ट, वाल पेन्टिङ, सरसफाइ सामग्री, हात धुने स्टेशन, कार्पेट आदि उपलब्ध गराएको छ। यी सबैले बालबालिकाको सिकाइ अनुभव सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

यस परियोजनाबाट प्रत्यक्ष रूपमा ४७५ जना ECCD बालबालिका लाभान्वित भएका छन् भने ६,००० भन्दा बढी बिधार्थी हरु अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। परियोजना लागू भएपछि विद्यालयमा , ECCD केन्द्रहरूमा भर्ना दर १०% ले वृद्धि भएको, साथै मासिक धर्म व्यवस्थापन (Menstruation Health Management) सम्बन्धी समस्याको दर ५०% ले कमी आएको तथ्यांकले देखाएको छ।

समापन समारोहमा विशेष अतिथिका रूपमा LDS Charities (LDSC) का नेपाल देश निर्देशक  रिचार्ड लोरी, मिस लोरी, HEARD Nepal का संस्थापक तथा कार्यकारी निर्देशक राकेश कुमार यादव, बर्जु गाउँपालिका अध्यक्ष श्री जीवछ राय, विभिन्न वडा अध्यक्षहरू, १६ वटा ECCD केन्द्रका शिक्षिका, रामसिता माविका अध्यक्ष विनोद यादव, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाले LDS Charities (LDSC) का नेपाल देश निर्देशक  रिचार्ड लोरी, मिस लोरी र यो परियोजनामा बिशेश सफल पार्न महत्त्वपूर्ण भुमिका खेलेकी ज्ञानु गौतमलाई दौसल्ला लगाएर सम्मान गरेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!