सरस्वती पूजाको चटारो: देवानगञ्जका मूर्तिकारलाई भ्याइ–नभ्याइ

डुमरलाल मेहता आइतबार, माघ २०, २०८१

विराटनगर । सरस्वती पूजालाई लक्षित गर्दै सुनसरीको देवानगञ्जका मूर्तिकारहरू अहिले मूर्ति बनाउनमा व्यस्त छन्। सामुदायिक तथा निजी विद्यालयहरू, पुस्तकालयहरू र अन्य धार्मिक स्थलहरूमा पूजाका लागि मूर्ति बनाउने क्रम तीव्र भएको छ।

देवानगञ्ज-३ का अर्जुन पण्डितका अनुसार सरस्वती पूजाको समय निकटिँदै जाँदा उनीहरूले मूर्ति बनाउन भ्याइ-नभ्याइ गरिरहेका छन्। उनले ३० देखि ४० वटा मूर्ति बनाउने गरेका छन्। उता, देवानगञ्ज-४ का जुगेश्वर पण्डितले आफू र परिवारका सदस्यहरूले मिलेर वर्षेनी सयभन्दा बढी मूर्ति बनाउने गरेको बताए। यसरी बनाइएका मूर्तिहरू रु. २ हजारदेखि रु. ७ हजारसम्ममा बिक्री हुने र यसबाट वार्षिक एकदेखि सवा लाखसम्म आम्दानी हुने उनले जानकारी दिए।

मूर्तिकारहरूका अनुसार मूर्ति बनाउनका लागि माटो, खर, जुट, रङजस्ता सामग्रीको जोहो गर्नुका साथै घामपानीको पनि ख्याल राख्नुपर्छ। “घाम नउदाएसम्म मूर्ति सुक्दैन, अनि सुकिसकेपछि मात्रै राम्रोसँग रंग लगाउन मिल्छ,” अर्जुन पण्डित बताउँछन्।

पहिलेको तुलनामा अहिले मूर्तिको माग केही घटेको अर्जुन पण्डित बताउँछन्। उनले भने, “सामुदायिक विद्यालयहरूले स्थायी मूर्ति स्थापना गरेपछि माग घटेको हो। अहिले मुख्य रूपमा निजी विद्यालयहरूले मात्रै नयाँ मूर्ति लाने गरेका छन्।”

सरस्वती मूर्तिसँगै देवानगञ्जका मूर्तिकारहरूले गणेश, विश्वकर्मा, काली, दुर्गा लगायतका देवदेवीका मूर्तिहरू पनि वर्षभरि बनाउने गर्छन्।

यस वर्ष माघ २१ गते सोमबार देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ। विद्यार्थी, शिक्षालय र धार्मिक संस्थाहरूले विशेष रूपमा पूजाआजा गर्दै देवी सरस्वतीको आराधना गर्ने तयारी गरिरहेका छन्।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!