कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियान्ताको टोली विराटनगर महानगरपालिकाको वार्ड नम्बर १३ र १४ मा १९ घरपरिवारलाई राहत वितरण गरेको संयोजक गुनान्द महतोले बताए । गरिब तथा अतिविपन्न परिवारमा खाद्यान्न सामाग्री चामल,दाल,नुन र तेल सहितको सामाग्री लिएर घर दैलो पुगेको बताए ।
समिति सदस्य तथा महाअबियन्ता रामनारायण मेहताका अनुसार महानगरको वाड नम्बर १,५,१२,१३ र १४ मा अति बिपन्न परिवार लाई खोजी खोजी स्वास्थ सामाग्री र खाद्यान्न सामाग्री वितरण गरेको हो । महानगर लगायत सुनसरी र सप्तरीमा हाम्रो अभियान चलिरहेको महाअभियानका संयोजक गुनानन्द महतोले बताए ।
त्यसैगरी कुशवाहा युवा विद्यार्थी र रामजानकि मन्दिरका युवाहरु मिलेर मंगलवार बिराटनगर महानगरपालिकाको वार्ड नम्बर १५ मा जनमजदुरी गरी खाने ६० घरपरिवारलाइ चामल, दाल, आलु, भुजा, चिउरा, सोयाबिन, चाउचाउ, र नुन वितरण गरेको कुशवाहा युवा विद्यार्थीका दिपेन्द्र मेहताले बताए ।