विराटनगरमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन हुँदै

भोजराज घिमिरे सोमबार, कार्तिक २६, २०८१

विराटनगर । विराटनगरमा यही आउँदो २०२४ डिसेम्बर २० र २१ (२०८१ पुस ५ र ६) मा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। यो विशेष कार्यक्रम विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा सम्पन्न हुने छ। कार्यक्रमको आयोजना नेपालका आभा फाउण्डेसन र भारतको राष्ट्रिय कला सेवा संस्थानले संयुक्त रूपमा गर्दैछन्।

आयोजक संस्थाका प्रतिनिधिहरू—आभा अनुपमा (आभा फाउण्डेसन नेपालकी अध्यक्ष), अरविन्द श्रीवास्तव (राष्ट्रिय कला सेवा संस्थान भारतका अन्तर्राष्ट्रिय संयोजक), र संजयकुमार पाण्डे (आइडियल जर्नालिस्ट एसोसिएसन भारतका राष्ट्रिय महासचिव)—ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस कार्यक्रमको विस्तृत जानकारी दिएका छन्।

आयोजकका अनुसार सम्मेलनमा नेपाल र भारतको पारम्परिक पोशाकमा आधारित फेशन सो विशेष आकर्षणको रूपमा राखिएको छ। यस कार्यक्रमले नेपाल, भारत र अन्य मुलुकका कविहरूलाई एकै स्थानमा जुटाएर काव्य र सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्नेछ।

भोजपुरी फिल्म उद्योगका चर्चित कलाकार रवि किशन सहित दर्जनौँ भोजपुरी कलाकारहरू पनि सहभागी हुने पक्का भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको आयोजकहरूले जनाएका छन्।

राष्ट्रिय कला सेवा संस्थानका अन्तर्राष्ट्रिय संयोजक अरविन्द श्रीवास्तवले सम्मेलनको महत्वलाई थप प्रस्ट्याउँदै नेपालका अन्य विभिन्न सहरहरूमा पनि यस्ता सांस्कृतिक सम्मेलनहरू आयोजना गर्ने योजना रहेको बताए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!