विराटनगरमा राधाकृष्ण रथयात्रा तयारी अन्तिम चरणमा, ११ गते निकालिने

डुमरलाल मेहता बिहिबार, भाद्र ०६, २०८१

विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्रा भदौ ११ गते मंगलबार निकालिने भएको छ।

विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिषरमा बिहीबार पत्रकार सम्मेलन गर्दै रथयात्रा समारोह समितिले रथयात्राको ९३ औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

पत्रकार सम्मेलनका क्रममा समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रा अपराह्न करिब साढे ३ बजे निकालिने तयारी रहेको जानकारी दिनुभयो । विगतभन्दा फरक र भव्य रथयात्रा बनाउने तयारीमा समिति रहेको बताएका अध्यक्ष रेग्मीले रथयात्राका क्रममा विराटनगर आसपास र भारतीय क्षेत्रबाट करिब ५ लाख श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरेको बताउनुभयो ।

समितिका सचिव कृष्ण कार्कीले अपराह्न सुरु हुने रथयात्राले विराटनगरको मुख्यस्थानलाई परिक्रमा गर्न ६ घण्टाको समयभित्र ९ किलोमिटरको दूरी पूरा गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो  ‘विराटनगरको ९ किलोमिटर यात्राका क्रममा रथलाई विभिन्न स्थानमा ४३ पटक विश्राम दिइनेछ। सो क्रममा करिब ६० वटा विभिन्न प्रकारका सांस्कृतिक झाँकी पनि रहने छन्। विराटनगरको प्रतिष्ठासँग जोडिएको रथयात्रालाई सफल बनाउन सबै सुरक्षित भएर लाग्नुपर्छ।’

रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको बताएका समितिका उपाध्यक्ष नन्दकिशोर राठीले श्रद्धालु भक्तजनलाई रथयात्रा तान्न र पूजा गर्नका लागि सहज व्यवस्था बनाइने बताउनुभयो। विगतभन्दा फरक शैलीमा रथयात्रा अघि बढाउने बताएका उपाध्यक्ष राठीले यसपटक रथयात्रामा व्यावसायिक प्रचारप्रसारको गतिविधिमा रोक लगाइने उल्लेख गरेको छ ।

रथयात्राका क्रममा अत्याधिक भीडभाड हुने हुँदा भक्तजनहरुलाई गरगहना तथा आभूषण नलगाइकन रथायात्रामा सहभागिता जनाउन अनुरोध गरेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!