धमाधम आउन थाल्यो लोकसभा चुनावको अन्तिम मतपरिणाम, कांग्रेसले सिट बढाउँदा बिजेपीलाई घाटा

Radio Nagarik 100.4 MHz मंगलबार, जेठ २२, २०८१

काठमाडौं । भारतको लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम धमाधम आउन थालेको छ। भारतीय निर्वाचन आयोगले जनाएअनुसार यो समाचार तयार पार्दासम्म (५ बजे) भारतीय जनता पार्टी (बिजेपी)ले २० ठाउँमा विजयी हासिल गरेको छ।

त्यस्तै बिजेपीको मुख्य प्रतिद्वन्द्वी इन्डियन नेशनल कांग्रेसले ४ ठाउँमा जित हात पारेको छ। त्यस्तै जनता दल ९सेकुलर०ले २, आम आदमी पार्टीले १, शिव सेनाले १, एनसीपीले १ र हिन्दुस्तानी अवाम मोर्चाले १ ठाउँमा विजयी हासिल गरेको छ।

त्यस्तै बिजेपीले २२४ ठाउँमा अग्रता लिएको छ भने कांग्रेसले ९४ ठाउँमा अग्रता लिएको छ। त्यस्तै समाजवादी पार्टीले ३४, अल इन्डिया त्रिणामुल कांग्रेसले २९, डीएमकेले २२, तेलेगु देसमले १६ र जनता दल युनाइटेडले १३ ठाउँमा अग्रता लिएको छ।

लोकसभा निर्वाचनमा एनडीए र इन्डिया गरी दुई गठबन्धन निर्वाचनमा होमिएको थियो। टाइम्स इन्डियाका अनुसार मोदीले नेतृत्व गरेको एनडीएले २९५ ठाउँमा अग्रता लिएको छ भने राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले २३१ ठाउँमा अग्रता लिएको छ। अन्य पार्टीले भने १७ ठाउँमा अग्रता लिएका छन्।
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छछ। सन् २०१९ को निर्वाचनमा बिजेपी एक्लैले ३०३ सिट जितेको थियो। कांग्रेसले भने ५२ सिट जितेको थियो। यो निर्वाचनमा बिजेपी तल खस्किएको छ भने कांग्रेसले दोब्बरले सिट संख्या बढाउने देखिएको छ।

तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बन्ने निश्चित देखिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनमा आबद्ध दलहरूलाई भने रिझाइराख्नुपर्ने देखिन्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!