विराटनगर । मोरङ कारागारमा क्षमता भन्दा तीनगुण बढी कैदीबन्दी रहेका छन् । मोरङ कारागारमा एक हजार ३८ जना कैदीबन्दी छन् । उनीहरुलाई सुत्न, खान, बस्न समस्या छ ।
कैदीबन्दीलाई सुत्न सहज होस् भनेर सिद्धार्थ बैंकले उपलब्ध गराएको डबल डेकर वेड कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले कारागारलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै कार्कीले कारागारलाई सुधार केन्द्र र होस्टलको रुपमा अगाडि बढाएको बताए । कारागार सजायका लागि नभई मानिसको आचरण सुधारका लागि भएको उनको भनाई थियो । कारागारमा रहेका व्यक्तिको मानव अधिकार रक्षा, सेवा सुरक्षा तथा उनीहरुलाई सबै प्रकारको कानुनी सहयातका लागि सहयोग गर्न प्रदेस सरकार प्रतिवद्ध रहेको बताए ।
केन्द्रिय कारागार व्यवस्थापन विभागका महा–निर्देशक काशीराज दाहालले कारागारको सुधार एंवम् व्यवस्थापनका लागि सरकारले ठुलो लगानीमा कारागारमा पुर्वाधार निमार्णको कामलाई अघि वढाएको बताए । उनले कारागारवाट वाहिर निस्केपछि आफुले सिकेका सिपलाई प्रयोग गर्न सके त्यसवाट राम्रो आय¥आर्जन गर्न सकिने स्पष्ट पारे ।