विराटनगर। नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकीे छिन् ।
बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका ७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् । केहि दनिदेखि अत्याधिक चिसो बढिरहेकोले र उनीहरु चिसोको कारण स्वास्थ्यमा पर्ने सक्ने असरलाई ख्याल गर्दै न्यानो कपडा वितरण गरेको जनकारी दिनुभयो ।
प्रतिनिधिसभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार गर्दै चौधरी समाजसेवामा उत्रिएकी हुन् । चौधरीले स्थानीय शिवपार्वती मन्दिरमा करिब ७० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान पनि गरेकी थिइन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेकी चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत बनेकी थिइन् ।