बर्जु महोतसव पौष २७ गते देखि माघ ११ गतेसम्म लाग्ने
विराटनगर । एतिहासिक बर्जु तालमा लागिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । सुनसरीको बर्जु गाउपालिका वडा नं. ६ चिमडी बर्जु तालमा बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा हुने पाचौं बर्जु महोत्सवको तयारी पुरा भएको बर्जु सामुदायिक विकास केन्द्रको अध्यक्ष श्रवन चौधरीले बताउनुभयो । आज आयोजकले पत्रकार सम्मेलनको कार्यक्रममा सो कुरा बताउनुभयो । बर्जु तालमा पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखी माघ ११ गतेसम्म हुने चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार यो पाचौं बर्जु महोत्सव बर्जु ताल १ नं. गेट छेउमा लाग्ने छ ।
बर्जु तालको ब्यापकरुपमा प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले यो पाँचौ बर्जु महोत्सव आयोजना गरिएको छ । बर्जु गाउँपालिका वडा नम्बर ६ को चिमडी बजार नजिकै लाग्ने यो महोत्सवमा दर्जनौ राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कलाकारको जम्वो टोलीमा, मोडल, टिकटक स्टारहरु, कुस्ती खेलाडीहरुको मुख्य प्रस्तुती रहने छ ।
अध्यक्ष चौधरीका अनुसार महोत्सवको आकर्षणको रुपमा मौलिक तथा संस्कृतिक प्रस्तुति, कुस्ती खेल, कमेडी, नृत्यलाई समेत समावेश गरिएको छ । नेपाली तथा भारतीय कुस्ती खेलाडी पहलमानहरुको सहभागितामा कुस्ती खेल संचालन गरिनेछ ।
प्रचारप्रसारका कारण यो बर्जु ताल ओझेलमा रहेको हुदाँ बिगत ४ बर्ष देखि यो बर्जु महोत्सव आयोजनाका कारण ब्यापक रुपमा प्रचारप्रसार भई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आज बर्जु ताल चिनिन थालेको आयोजको दावी छ । हजारौको संख्यामा जाडोयाममा मानिसहरु पिकनिक खान र घुम्न आउने गरिरहेको छ ।