सुनसरी । लक्ष्मी पुजाको अवसरमा निकालिएको कलश यात्रा भव्यताका साथ सम्पन्न गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं–२ को श्रीकाली मन्दिर तथा कलश यात्रा पूजा समितिको आयोजनामा आज कलश यात्रा निकालेको हो।
कलश यात्राको उदघाटन गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले रिवन काटेर उदघाटन गर्नु भएको थियो ।
काली मन्दिरबाट कलश लिइ देवानगञ्ज र बर्जु गाउँपालिकाको सीमानामा रहेको बुढी खोला गएर कलशमा जल भरेर देवानगञ्ज बजार परिक्रमा गरी पुन: काली मन्दिरमा कलश राखेर कलश यात्रा समापन भएको थियो ।
विगत वर्षदेखि मनाउँदै आएको श्रीकाली मन्दिर तथा कलश यात्रा पूजा समितिले यस वर्ष पनि मनाउनका श्री काली पुजा तथा मेला व्यवस्थापन समितिले सम्पुर्ण तयारी गरेर आज विहिवार पुजाको पहिलो दिन भव्यताका साथ कलश यात्रा सम्पन्न गरेको आयोजक समितीका अध्यक्ष मनोज भगतले बताउनुभयो।
कलश यात्रामा भारतको बिहारबाट आएका कलाकारहरुले कलश यात्रामा महाकाल त्रिनेत्री झाकी, बजरङ्गी ताण्डव बहुबली लगायतका धार्मीक नृत्य तथा झाकिहरु प्रदर्शन गरी हजारौँको सहभागितामा कलश यात्रा निकालिएको थियो।