सुकुम्बासीमा आफ्नो नपरेको भन्दै प्रशासनमा दिए उजुरी

Radio Nagarik 100.4 MHz बिहिबार, कार्तिक १६, २०८०

विराटनगर । सुकुम्बासीमा आफ्नो नपरेको भन्दै जिल्ला प्रशासन सुनसरीमा उजुरी दिएको छ । सुनसरीको देवनागञ्ज गाउँपालिका ३ बस्ने शिवनारायण मण्डलले भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि मलाई अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै जिल्ला प्रशासन सुनसरीमा निवेदन दिएको बताउनुभयो ।

मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएका हुन् ।

मण्डलले देवनागञ्ज गाउँपालिका ३ का वडा अध्यक्ष अनिलकुमार भगत, वडा सदस्य कमलेश यादव, वडा सचिव वविता कुमारी मेहता , कर्मचारी माधवप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता विरुद्ध अन्याय गरेको भन्दै प्रशासनमा निवेदन दिएका छन् ।

निवेदक मण्डलले आफू भुमिहिन दलित सुकुम्बासी भएकोमा आवाशको हक सुनिश्चित गर्नुपर्नेमा त्यस विपरित देवनागञ्ज गाउँपालिका ३ का वडा पदाधिकारीहरु र गाउँपालिका समेतले सुन्योजित रुपमा फारम भरे पनि अनलाईनमा आफ्नो नाम नचढाएको आरोप लगाएका छन् ।

मण्डलले निवेदनमा वडा कार्यालयले भुमिहिन दलित र सुकुम्बासी तथा अव्यस्थित बसोबासीको सूचना प्रकाशन गरेकोमा आफूले पनि सुकुमबासी दलित भएको फारम भरेर बुझाउँदा २०७९ साउन ९ गतेको वडा निणर्य अनुसारको सुचिमा दोस्रो नम्बरमा नाम भए पनि पालिकाले अपलोड गरेको अनलाईन फारममा आफनो नाम नभएकाले अन्यायमा परेको गुनासो गरेका छन् । वडा स्तरमा सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि नामावली प्रकाशन हुदाँ आफ्नो नाम नै नभएकाले अन्याय गरेको दावी सहित कानुनी कार्वाहीको माग गर्दै सुनसरी प्रसाशनमा उजुरी गरेको हो ।

उता आएको निवेदनको बारेमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका लागि सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको छ । प्रशासन कार्यालयको चलानी नम्बर १०१८ मार्फत सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!