विराटनगर । चाडपर्व नजिकिदै गर्दा सुनसरीको देवानगञ्ज गाउँपालिकाले बजार अनुगमन गरेको छ । स्थानिय बजारमा गुणीतरहीन तथा म्याद सकिएको समानहरु बिक्री वितरण र कालो बजारी भइरहेको गुनासो आएपछि गाउँपालिकाले स्थानिय बजारहरु अनुगमन गरेको छ । गाउँपालिकाले आज वडा नम्बर ६ र वडा ५ साहेबगञ्जको किराना पसल, होटलहरुमा अनुगमन गर्ने क्रममा भारतबाट ल्याउने कतिपय समानहरुको कहिले बनेको हो र कुन मितीमा सकिन्छ कुनै किसमिको मिती नहेको भेटिन्थ्यो । बिस्कुट, बालबालिकाहरुलाई मन पर्ने समानहरुको म्याद सकेको र बिग्रेको अनुगनम गर्ने क्रममा पाइन्थ्यो ।
गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले सोमबार २ नम्बर वडाको देवानगञ्ज बजार, मंगलबार ३ नम्बर कप्तानगञ्ज बजार र आज साहेबगञ्ज बजार अनुगमन गरेको थियो । अनुगमन क्रममा भेटिएको गुणीतरहीन तथा म्याद सकिएको समानहरु नष्ट गरेको छ । अनुगमनका क्रममा व्यपारीहरुले म्याद सकिएको समान राखेको, ग्राहकलाई विल विजक नदिएको, होटल व्यवसायीहरु गुणस्तरीयहिन समान प्रयोग गरेको, किराना पसलमा भारतीय समान बढी बेचिरहेको, अधिकांश पसलहरु दर्ता नभएको, प्रतिबन्धित हाइड्रो सोडा खुलेआम बेचिरहेको थियो । म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत पौडेल निर्देशन दिएको छ ।
अनुगमन टोलीमा गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल, प्रसासन अधिकृत मचिन्द्र थलङ लिम्वु, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रसासन कार्यालय हरिनगरमा कार्यरत नायव सुब्बा रामप्रसाद निरौला, खाध्य गुणस्तरीय मन्च इनरुवाका अजय देव, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक साहयक श्रृजन जोसी, नेपाल प्रहरी, शस्त्र प्रहरी बल र सञ्चारकर्मीको सयुंक्त अनुगमन गरेको थियो ।