विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेका छन् । सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । बेहोस भएको राधिकालाई स्थानीयले उपचार गर्न लगेको छ । उनको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।
मादक पदार्थ सेवन गरी बाबु अर्जुनले छोरीमाथि विष खुवाएको स्थानीयको भनाइ छ
यस विषयमा छोरी लाई लिए खुवाउने बाबू अर्जुन कामलाई नियन्त्रनमा लिएर घटना बारे थप अनुन्धान भइरहेको ईलाक प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले बताउनुभयो