काठमाडौँ । मधेश प्रदेशमा पाँचौं पटक पन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले पाएका छन् भने गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमले सम्हाल्ने भएका छन् ।
दुवै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । योसहित मधेश प्रदेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएको हो । सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टी बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएका छन् । उनीहरूले राजीनामा दिएपछि अब पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।
गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले कुशवाहा र यादवले सम्हालेका भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय खोसेर नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेलाई मन्त्री बनाएका थिए ।