विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीहरू धरौटीमा छुटेका छन् ।
गत २०७९साल चैत्र १७ गते बाट संचालन भएको एसईई सामाजिक विषयको परीक्षामा मोरङ जिल्लामा अवस्थित परीक्षा केन्द्रहरू सरस्वती मा.वि. झोराहाट, जनता मा.वि पचाम र सार्वजनिक मा.वि. केराबारीमा नक्कली प्रशिक्षार्थी बनेर एसईई परीक्षामा संलग्न रहेको अरूको परीक्षा दिई रहेको अवस्थामा फेला परेको थियो ।
उनीहरुलाई शिक्षा ऐन २०२८ अन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान पश्चात सरस्वती मा. वि. झोराहाटका ५४ जनालाई २०८० साल बैसाख ११ गते नावालक बाहेक प्रति ब्यक्ति रू. ४० हजार धरौटीमा छुटेको र संचालक सन्तोष राई २ लाख धरौटीमा छुटेका छन् । त्यस्तै जनता मा. वि. पचामका १५ जनालाई २०८०साल बैसाख १२ गते प्रति ब्यक्ति रू ४० हजार धरौटीमा छुटेका छन् भने सार्वजनिक मा.वि. केराबारीका १२६ जना २०८० साल बैसाख १४ गते नावालक बाहेक प्रति ब्यक्ति रू. ४० हजार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाए ।