गोदाममा थन्किएका अस्पतालजन्य कवाडी सामग्री मर्मत गरि पून प्रयोग
विराटनगर । समान्य रुपमा तुटफुट हुन वितिकै आवश्यक सामग्री नँया खरिद गर्ने परम्परालाई तोड्दै कोशी अस्पतालले कवाडीमा परिणत भएको अस्पताल जन्य सामग्रीलाई मर्मत गरेर पुनह प्रयोगमा ल्याउन थालेको छ ।
लामो समय देखि समान्य टुटफुट भएको सामग्री गोदाममा थन्काएर नयाँ सामग्री खरिद गरेर प्रयोग गर्ने परम्परालाई अस्पतालले तोड्दै कवाडीमा परिणत भएको पुरानो समानलाई मर्मत गरेर प्रयोगमा ल्याउन लागेको हो ।
कवाडीका सामान लिलामी प्रक्रियाको बाटो खुल्ला गरी नयाँ सामान खरिद गरेर मोटो रकम कमिशन लिने परम्परा पनि हटेर .गएको छ ।
दिनप्रति दिन खस्किदै गएको अस्पतालको आर्थिक प्रशासनको चिन्ता लिएर कामै नलाग्ने सामग्री मर्मत सभार गरेर प्रयोगमा ल्याएको हो ।
कोशी प्रदेशको एक मात्र ठूलो सरकारी कोशी अस्पताल ले गोदाममा थन्किएका करोडौ मूल्य पर्ने अस्पतालजन्य सामाग्री धमाधम मर्मत गरि पून प्रयोगमा ल्याएको छ ।
विरामी सुत्न प्रयोग गरिने वेड , साईड लकर , स्लाईन झुण्डाउने (आईवि स्टेन ) ,विरामी बोक्ने स्ट्रेचर , आईसूमा प्रयोग हुने समाग्री ,हवील चेयर , टेवुल , कुर्सी , दराज लगायतका कवाडी सामान बर्षौदेखी अस्पतालले थन्काएर राखेको थियो । लीलामी समेत हुन नसकेर सडन लागेका यस्ता सामाग्रीलाई जस्ताको त्यस्तै मर्मत गरेर प्रयोगमा ल्याउन थालेको छ । यस अघि फलामको वेडको रंग उडेर जादा र वेड सामान्य विग्रदा पनि अस्पतालले कवाडीमा पठाउने प्रचलन थियो । २० हजार देखी ६० हजार मूल्य पर्ने महगा वेड पनि कवाडीमा थन्किएका छन । पुरानो वेथीती अन्त गर्दै नयाँ चिराबाट अस्पताल प्रशासनले भरसख खरिद प्रक्रृया नगर्ने र गोदाममा थन्किएका सामाग्रीनै मर्मत गरि चलाउने निर्णय लिएपछि मर्मत कार्य सुचारु भएको हो ।
अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीको बिशेष सक्रियतामा कवाडी सामानको मर्मत कार्य अघि बढाइएको छ ।
सुनसरीको इटहरी स्थित अस्पतालका सामाग्री उत्पादन गर्ने एल वि टि इन्टरप्राईजेजलाई अस्पताल प्रशासनले सर्वसुलभ मूल्यमा मर्मत गर्न ठेक्का दिएको छ । एउटा अस्पताल वेड बजारमा खरिद गर्दा १५ हजार प्लस भ्याट तिर्नुपर्छ । तर त्यही अस्पतालको कवाडी सामान पून मर्मत गर्दा प्रति वेड खर्च ३३ सय प्लस भ्याट खर्च आउछ ।
३ सय शैययाको अस्पताल रहेपनि यहाँका धेरै वेड कवाडी पारेर गोदाममा थन्किाईएका थिए ।, अस्पतालले आर्थिक अभावका कारण खरिद पनि नगर्ने र मर्मत पनि गर्न नसक्दा धेरै विरामी वेडको अभावमा भूँईमा सुतेर उपचार गराउनु पर्ने बाध्यता थियो ।
संचालक सदस्य बुढाथोकीका अनुसार , हाल सम्म कवाडी वेड ५० थान मर्मत भैसकेको छ । अस्पताल परिषरमा कम्पनीले मर्मत कार्य गरिरहेको छ । मर्मत पुरा भएका सवै सामाग्री नयाँ जस्तै देखिने र बजारबाट खरिद गरेर ल्याएका सामाग्री भन्दा कम नहुने बुढाथोकी ले बताए ।
कोशी अस्पतालका प्रशासन प्रमुख नवराज लुईँटेलले कोशी अस्पतालबाट देशभरिका अन्य अस्पतालहरुले पनि सिको गर्नुपर्ने बताए ।
अस्पताल प्रशासनले कवाडीका सवै सामाग्री सकभर प्रयोग गरेर मर्मत कार्य पुरा गरेपछि शैययाको अभाव नहुने बताएको छ । अहिले अस्पतालका सवै विभागहरुमा त्यही मर्मत गरेका सामाग्री राखिएका छन । सवै नया जस्तै देखिन्छन ।