विराटनगर । हरिनगर गाउँपालिकाले आज एक भब्य कार्यक्रमका वीच आफ्नाे प्रशासनिक भवनको शिलन्यास गरेका छन । । सुनसरी क्षेत्र नं.४ का संघिय साँसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले सो भवनको शिलन्यास गरेकाे हाे । ३० महिना भित्र काम सम्पन्न हुनेगरी ड्रागन रविन एण्ड श्रेया जेभीले ८ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसा विलोमा ठेक्का लिएकाे हाे ।
भवनको शिलान्यासमा बाेल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनको निर्माण कार्य स्म्पन्न हुनेमा आफू ढुक्क रहेको बताए । यस क्षेत्रमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेकाे समेत उल्लेख गर्नुभयाे। कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय साँसद ज्ञानेन्द्र बहादुर कार्की , विशिष्ट अतिथि सुनसरी क्षेत्र नम्वर ४ (क) का प्रदेश सभा सदस्य सदानन्द मण्डल,४ (ख) का प्रदेश सभा सदस्य इसराईल मन्सुरी , नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहता, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , प्रहरी उपरीक्षक प्रभु ढकाल, नेकपा समाजवादीका केन्द्रिय सदस्य महफुज आलम अन्सारी , हरिनगर गापा उपाध्यक्ष रिमझिम भगत प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर ,भवनका लागि जग्गादाता तुलाराम सेठिया ,तुलसी लोहनी लगायतको उपस्थिति रहेको थियो । कुल ८ करोडमा बन्ने सो प्रशासनीक भवन अति नै सुविधायुक्त भवन बन्ने प्रावधिक शाखाका ई. मुकेश राउतले बताए ।