सुनसरी । सुनसरीर्को बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरन्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रको श्रवन चौधरीले जानकारी दिनुभयो ।
यही ठाउँमा गत वर्ष बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले बर्जु महोत्सवमा रोक लगाएकोमा आयोजक बर्जु सामाजिक विकास केन्द्रको अगुवाईमा महोत्सव जारी राखेर भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनेको तर नआएपछि आगजनी भएको थियो ।