विराटनगर । लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको चौथौँ दिन विहिबार उदाउदै गरेको सूर्यदेवलाई अर्घ्य दिइएको छ । सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो र चौथौँ दिन ब्रतालुभक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका छन् ।
आजबाट छठ पर्व समापन भएको छ ।