कुशवाहा समाजले सतुवाइन पर्व भव्यताका साथ मनायो, नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न"
विराटनगर । नेपाल कुशवाहा कल्याण कार्य समिति देवानगञ्जले सतुवाइन तथा नब वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कुशवाहा समाज देवानगञ्जले शनिबार आयोजना गरिएको मिथिलाको महानपर्व सतुवाइन पर्व तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई सतुवा खुवाएर सम्पन्न गरेको थियो । प्रमुख अतिथि सिताराम मेहता भु. पु. रेन्जर, विशिष्ट अतिथि देवानगञ्ज गाउपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष जग नारायण मेहता, हरिनन्दन मेहता, सुशील मेहता, कानुन व्यवसाय रामखेलन मेहता, डाक्टर उपेन्द्र मेहता,डाक्टर राजकुमार मेहता लगायत सयौं कुशवाहाहरुको उपस्थित रहेको नेपाल कुशवाहा कल्याण समाज देवानगञ्जका अध्यक्ष बिद्यानन्द मेहताले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सीताराम मेहताले नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो ।
मेहताले पहिलो दिन सतुवाइन पर्वका रुपमा मनाउने गरिन्छ । पर्वका अवसरमा आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले अनिवार्य रुपमा सातु खाने गरिन्छ । आजको दिन सातुको प्रमुखता रहेकाले नै यस पर्वलाई ‘सतुवाइन’ भनिएको प्रमुख अतिथि मेहताले बताउनुभयो ।
सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ समाजले सतुवाइन मनाएको छ। सतुवाइन पर्व कुशवाहा जातिको मौलिक पर्व रहेको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता बताउनुभयो । अध्यक्ष मेहताले यस किसिमको संस्कार तथा संस्कृत उजागर गर्ने कार्यक्रममा हामी सहयोग गर्ने समेत बताउनुभयो ।
उक्त कार्यक्रममा डा. उपेन्द्र मेहता, डा. राजकुमार मेहता, विशेषर मेहता, कृष्ण बल्ब मेहता, किसुनदेव मेहता, राजेश्वर मेहता, २ नम्बरका वडा अध्यक्ष जग नारायण मेहता, ४ नम्बरका वडा अध्यक्ष सुशील मेहता, ६ नम्बरका अध्यक्ष हरिनन्दन मेहता, राजकुमारी मेहताफ शिव शंकर मेहता, राजु मेहता लगायतले सतुवाइन तथा नब वर्षको २०८२ शुभकामना दिदै नेपाल कुशवाहा समाजका कार्यक्रम तथा गतिविधिलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन जोड दिएको थियो ।
यो पर्व नव वर्ष आगमनको एक दिन अगाडि कुशवाहा जाति लगायत मिथिला र छिमेकी देश भारतमा मनाइन्छ।