देवानगञ्जमा भूमिहीनलाई लालपुर्जा

देवानगञ्ज गाउँपालिकाले भूमिहीनलाई लालपुर्जा वितरण गर्‍यो ।

डुमरलाल मेहता बिहिबार, चैत्र २७, २०८१

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ छ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ।

यो वितरण नेपालमा दोस्रो तथा कोशी प्रदेशमा पहिलो स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का भूमिहीन सुकुम्वासीहरूलाई प्रदान गरेको हो। राष्ट्रिय भूमि समस्या समाधान आयोग, सुनसरीको समन्वय र देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा आयोजित कार्यक्रममा लाल पुर्जा वितरण गरिएको हो।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले भूमिहीन समुदायलाई स्थायी बसोबासको सुनिश्चितता गर्दै सम्मानपूर्वक जीवनयापन गर्न सघाउने उद्देश्यले जग्गा वितरण गरिएको बताउनुभयो। उहाँले सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्ने गरी गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्दै भूमिविहीनलाई जग्गा अधिकार दिनु नै विकासको मूल आधार भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सरकार र स्थानीय तहको सहकार्यबाट देशभरका भूमिविहीन नागरिकलाई न्याय सुनिश्चित गर्ने आयोगको प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले कोशी प्रदेशमा पहिलोपटक लाल पुर्जा वितरण गरेकोमा देवानगञ्ज गाउँपालिकालाई बधाई दिनुभयो।

विशिष्ट अतिथि आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले भूमिविहीनलाई जग्गा वितरण गर्नु सामाजिक रूपान्तरणको नयाँ अध्याय भएको बताउनुभयो। कार्यक्रममा आयोगका सदस्य अनिलकृष्ण प्रसाई, देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!