स्वीसका प्रतिनिधि र मुख्यमन्त्री कार्की बीच भेट

Radio Nagarik 100.4 MHz आइतबार, फाल्गुण ०४, २०८१

विराटनगर । स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पाेरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्य को प्रशंसा गर्नुभएको थियो। उहाँले ७५ वर्षदेखि नेपाल र स्विस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताउनुभयो। उहाँले नेपालको संघीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्वपूर्ण भएको महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । वित्तीय संघीयता बलियो बनाउन स्विस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले थप सहयोग आवश्यकता रहेको औल्याउनुभयो ।

पछिल्लो समय राजनीतिक स्थिरता कायम भएको र यसको जगमा सरकारले आफ्नो कामलाई द्रुत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै सोही अनुसार सहयोग गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशमा लगानी सम्मेलन, पर्यटन पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरेको र यसले प्रदेशलाई समृद्ध बनाउन सहयोग पुग्ने उल्लेख गर्दै यसका लागि पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

भेटका अवसरमा हेड अफ कोपरेसन म्याथिस मेयरले संघीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षा र अन्य रणनीतिक परियोजनाका लागि सहयोग गर्न स्वस सरकार तयार रहेको स्पष्ट पार्नुभयो। राजस्व वृद्धि र पर्यटन प्रवर्धन गर्ने काम राम्रो भएको चर्चा गर्दै म्याथिस मेयरले यसका लागि आफ्नो सहयोग र सहकार्य रहने उल्लेख गर्नुभयो।

स्विस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। दुई पक्ष भेटघाटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मा र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवन कार्की, सल्लाहकारहरू रवि खनाल, डा. मोहन सुवेदी र विक्रम लुइटेलको सहभागिता रहेको थियो

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!