विराटनगर । विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को आधिकारिक शोरुम सञ्चालनमा आएको छ। गौरब अटो सेन्टरले करिब ४ करोड रुपैयाँको लागतमा सञ्चालन गरेको यो शोरुम पूर्वमुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले उद्घाटन गरेका हुन्।
शोरुममा एप्रिलिया स्कुटरको मूल्य २ लाख ८८ हजारदेखि ४ लाख ६५ हजार रुपैयाँसम्म छ भने भेष्पाका विभिन्न मोडेल ३ लाख १ हजारदेखि ४ लाख ४२ हजार रुपैयाँसम्म उपलब्ध छन्। एप्रिलिया भेष्पा इटालियन कम्पनीको स्कुटर ब्रान्ड हो, जसले ७९ वर्षको इतिहास बोकेको छ।
गौरब अटो सेन्टरका सञ्चालक गौरब सिंहका अनुसार स्कुटरका आकर्षक मोडेल, मेटल तथा फाइबर बडी, दुई वर्षको वारेण्टी, र सहज रूपमा उपलब्ध स्पेयर पार्ट्स यसको विशेषता हुन्। साथै, नगद खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ क्यास ब्याक, कप, की रिंग, ज्याकेट र हेल्मेट समेत प्रदान गरिनेछ।
यो नयाँ शोरुमले विराटनगरका स्कुटर पारखीहरूलाई उच्चस्तरीय र भरपर्दो स्कुटरहरू उपलब्ध गराउने विश्वास गरिएको छ।