दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

Radio Nagarik 100.4 MHz शनिबार, माघ १९, २०८१

अछाम। अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो ।

यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ ।

पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु पनि पुगेका थिए । उनिहरु किशोरीहरुको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन् । उहीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ ।

आरोपितहरुले जङ्गलमा मृतकसँग उपहार स्वरुप चुन्नि मागेका थिए । मृतक ईशराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार लिन नमान्दा घटान घटेको देखिएको छ । सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए । सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो ।

सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रोत :- गोरखापत्र अनलाइन

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!