न्युरो अस्पतालमा अत्याधुनिक मोडुलर अपरेशन थिएटरको उद्घाटन

डुमरलाल मेहता बिहिबार, माघ १७, २०८१

विराटनगर । न्यूरो अस्पतालले अत्याधुनिक मोडुलर अपरेशन थिएटर (OT) को उद्घाटन गरेको छ। आज मोडुलर अपरेसन थिएटर उद्घाटन गर्दै यो नयाँ प्रणालीले एकै समयमा पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमता राख्नेछ, जसले बिरामीलाई छिटो सेवा पुर्‍याउने र अस्पतालको शल्यक्रियासँग सम्बन्धित क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ।


अस्पतालका अनुसार, नयाँ अपरेसन थिएटरमा अत्याधुनिक प्रविधि जडान गरिएको छ, जसले शल्यक्रियालाई अझ सुरक्षित, प्रभावकारी र सहज बनाउनेछ। विशेषगरी, यसको मोडुलर डिजाइनका कारण उपकरणको प्रयोग, स्थान व्यवस्थापन र सरसफाइ प्रभावकारी हुने बताइएको छ।
नयाँ अपरेसन थिएटरको उद्घाटन कार्यक्रममा वरिष्ठ न्युरोसर्जन डा. रोशन खतिवडा, डा. सुनिल कुमार दास, न्यूरो सर्जन डा. आशिष जंग थापा, डा. आलोक झा, वरिष्ठ अर्थोपेडिक सर्जन प्रो. डा. नवीन कर्ण, वरिष्ठ  जीआई तथा ल्यापरोस्कोपिक सर्जन डा. नवीन कुमार कर्णलगायत चिकित्सकहरूको उपस्थिति थियो। उनीहरूले नयाँ प्रणालीले अस्पताललाई थप उन्नत सेवा प्रदान गर्न सक्षम बनाउने बताएका छन्।

यससँगै, अस्पतालले एमआरआइ, एआइ पावर्ड सीटी स्कयान, डेक्सा स्क्यान, निजी क्याविन, कुजा एकसेल, इन्डोस्कोपी सर्जरी जस्ता सुविधासम्पन्न उपकरणहरूको समेत थप व्यवस्था गरेको छ, जसले बिरामीहरूको सटीक निदान गर्न र उचित उपचार प्रक्रिया अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अस्पतालले बताउनुभयो ।
अस्पतालले आउने  वर्षमा ‘रजत जयन्ती’ मनाउँदैछ। अस्पताल प्रशासनले यस अवसरलाई ‘नयाँ सोच, नयाँ प्रक्रिया र पहिलेकै अँगालो’ भन्ने नारासहित मनाउने निर्णय गरेको छ। अस्पतालले नवीनतम चिकित्सा प्रविधिहरूलाई निरन्तर समावेश गर्दै बिरामीहरूको सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!