विराटनगर । विराटनगरस्थित गोल्डेन हस्पिटलले बरिष्ठ एम.सी.एच. न्यूरो सर्जन डा. बिबेक बैद्यलाई भित्र्याएको छ। नेपालका प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा सँग १० वर्षको अनुभव संगालेका डा. बैद्य १६ वर्षदेखि न्यूरो तथा स्पाइन सर्जरीको क्षेत्रमा क्रियाशील छन्।
गोल्डेन हस्पिटल, विराटनगर–११ महेन्द्र चौक नजिक, सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रदान गरिरहेको छ। हस्पिटलका प्रशासक सुधिर सिंह राठौरका अनुसार, गोल्डेन हस्पिटलले नेपालकै बरिष्ठ चिकित्सकहरूलाई समेट्दै अत्याधुनिक प्रविधियुक्त उपचार सेवा दिइरहेको छ।
डा. बैद्यको आगमनसँगै अस्पतालले कोशी प्रदेशकै उत्कृष्ट ट्रमा टिम सहित इएण्टि सर्जन डा. संजिव ठाकुर, म्याक्जलोफेसियल सर्जन डा. मनिश अग्रवाल, एम्स दिल्लीका डा. अजय महत्तो, बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियार लगायतका अनुभवी चिकित्सकहरूलाई समेटेको छ।
गोल्डेन हस्पिटलले २४सैं घण्टा सेवा प्रवाह गर्ने लक्ष्यका साथ एड्भान्स मोडुलर ओटी, अत्याधुनिक माइक्रोस्कोप, आइसीयू, एनआइसीयू तथा १९२ स्लाइसको ए.आई प्रविधियुक्त सीटी स्क्यान जस्ता सुविधासहित गुणस्तरीय उपचार सेवा प्रदान गरिरहेको छ।
डा. बैद्यको आगमनसँगै अस्पतालको न्यूरो तथा स्पाइन सर्जरी सेवा अझ प्रभावकारी हुने विश्वास गरिएको छ।