कोशी प्रदेशका मन्त्री हाङगामद्वारा १ सय दिने उपलब्धि सार्वजनिक

डुमरलाल मेहता शुक्रबार, पौष १९, २०८१

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो १ सय दिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले १३ बुँदे उपलब्धि प्रस्तुत गर्दै सहकारी, कृषि, उद्यमशीलता र पशुपालनमा थुप्रै नीतिगत र कार्यान्वयनका सुधार ल्याएको जानकारी दिए।

मन्त्री हाङगामले सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न एप्लिकेशन सफ्टवेयरमार्फत नियमनको प्रक्रिया सुरु गरिएको बताए। हालसम्म १७ कम्पनी सूचीकृत भई १ हजार ३ सय सहकारी संस्थाले सफ्टवेयर प्रयोग गर्न थालेका छन्। साथै, संकटग्रस्त सहकारी संस्थाका समस्या समाधान गर्न सहकारी ऐनमा अध्यादेशमार्फत संशोधन गरी व्यवस्थापन समिति गठन गरिएको छ।

खोरेत रोग नियन्त्रणका लागि इलाम जिल्लाका १० स्थानीय तहहरूलाई खोरेत मुक्त बनाउने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली संशोधन गर्दै कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि पनि मस्यौदा गरिसकिएको छ। प्रदेशमै गुणस्तरीय बीउ उत्पादन गर्न विधेयकको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको मन्त्री हाङगामले जानकारी दिए।

उद्योग र व्यवसायलाई प्रोत्साहन गर्न प्रदेश औद्योगिक व्यवसाय (पहिलो संशोधन) विधेयक अर्थ मन्त्रालयमा राय सहमतिका लागि पठाइएको छ। स्टार्टअपलाई ब्याज अनुदान सहयोग उपलब्ध गराउने कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको छ। साथै, स्थानीय रूपमा उत्पादित वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गरी निर्यात प्रवर्द्धनका लागि लेबलिङ तथा प्याकेजिङ तालिम सञ्चालन भइरहेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रमार्फत १ लाखभन्दा बढी पशुहरूलाई विभिन्न रोगविरुद्ध खोप प्रदान गरिएको छ। पहाडी क्षेत्रका १३ स्थानीय तहमा फलफूल बगैँचा विकासका लागि आवेदन माग गरी कृषक सहजकर्ता र सामाजिक परिचालकको व्यवस्था गरिएको छ।

मन्त्री हाङगामले आफ्नो कार्यकालमा सहकारी, कृषि, उद्योग र उद्यमशीलता क्षेत्रमा सुधार र प्रगतिको थालनी भएको दाबी गरे। उनका उपलब्धिहरूले कोशी प्रदेशको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!