राष्ट्रसेवक सहकारीद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरूसँग अन्तरक्रिया सम्पन्न

डुमरलाल मेहता शुक्रबार, पौष १९, २०८१

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघका हालै निर्वाचित पदाधिकारी र सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी र पत्रकार महासंघका नव निर्वाचित प्रतिनिधिहरूबीच परिचयात्मक संवाद र अन्तरक्रिया भएको हो।

कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव निर्वाचित पत्रकारहरूलाई बधाई एवं सम्मान व्यक्त गरे। उनले सहकारी क्षेत्रबारे बाहिर भएका नकारात्मक हल्लाहरू सत्य नभएको जिकीर गर्दै सहकारीको पारदर्शीता र व्यवस्थित व्यवस्थापनको पक्षमा रहेकाे बताए।

नवनिर्वाचित पत्रकारहरूले सहकारी ऐनको मस्यौदालाई गहन छलफल गरी अगाडि बढाउन सुझाव दिए। सहकारी क्षेत्र हाल मौलाउँदै गइरहेको समयमा सञ्चालकहरूले उच्च सर्तकता अपनाउनुपर्ने उनीहरूको सुझाव थियो।

पत्रकारहरूले सहकारी क्षेत्रप्रति आम मानिसको चासो र विश्वास दिनानुदिन बढिरहेको उल्लेख गर्दै सहकारीको व्यवस्थित सञ्चालनका लागि अझ सशक्त नियम र पारदर्शिताको आवश्यकता रहेको धारणा राखे।

कार्यक्रमले सहकारी र सञ्चारकर्मीहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!