आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुले गरे पूर्व विद्यार्थी संघ गठन

डुमरलाल मेहता आइतबार, मंसिर २३, २०८१

विराटनगर । विराटनगरस्थित आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले १३ सदस्यीय आदर्श विद्यालय पूर्व विद्यार्थी संघ गठन गरेको छ ।

वि.स. २०५४ का एसएलसी ब्याजी विद्यार्थीहरुको अग्रसरतामा गठन भएको यो संघमा त्यसअघि र पछिल्ला शैक्षिक शत्रका पूर्व विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । शनिबार गठन भएको संघको संस्थापक अध्यक्षमा अञ्जु पराजुली चयन भएको छ ।

यस्तै उपाध्यक्षमा राजेशप्रसाद रौनियार, मो. उमर फारुख, सचिव प्रमोद मण्डल, सहसचिवमा शंकर प्रधान र कोषाध्यक्षमा मनिष ठाकुर चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा अञ्जना नेपाल, गीता भट्टराई, ओमप्रसाद भेट्वाल, मोइनुदिन अन्सारी, सुनिल श्रेष्ठ, शत्रुघनप्रसाद राजवंशी र पवनकुमार जोशी चयन भएका छन् ।

कार्यक्रममा संस्थाका सबै पदाधिकारीहरूको सपथ ग्रहण विधालयका प्रध्यानाध्यापक सन्तोष पोख्रेलले गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अथिति आदर्श विद्यालयका प्राचार्य सन्तोष पोखरेल, विशष्ट अथितिहरु मदन सापकोटा (पूर्व शिक्षक) जगदिश गौतम (पूर्व शिक्षक), आदर्श विद्यालय पूर्व विद्यार्थी मिलन केन्द्रका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, सल्लाहकार भीमेन्द्रबहादुर कार्की, सदस्य प्राध्यापक कृष्ण पोखरेल, प्रेमकुमार आर्चाय, गोपालप्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

पूर्व विद्यार्थीहरुको संस्थाले आदर्श विद्यालयसहित विविध सामाजिक क्षेत्रमा सेवा गर्ने उद्येश्य राखेको संस्थाकी अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!