“मिथिला में रहितो यौ पाहुन” मैथिली गीत मच्चायो धूम

डुमरलाल मेहता शुक्रबार, मंसिर ०७, २०८१

विराटनगर । अहिले मिथिला क्षेत्रमा “मिथिला में रहितो यौ पाहुन भ जैतो गोर यौ” भन्ने मैथिली गीत निकै चर्चित भएको छ। यो गीतलाई सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् र मन पराइरहेका छन्।
यो गीत रेडियो नागरिकमा मैथिली कार्यक्रम फुलडाली कार्यक्रम सञ्चालन गरिरहेका प्रेम नारायण झा द्वारा लेखिएको छ भने मैथिली गायक बीरेन्द्र झाको स्वर रहेको छ ।

विवाह पञ्चमी नजिकिँदै गर्दा मिथिलामा अहिले जताततै “मिथिला में रहितो यौ पाहुन भ जैतो गोर यौ” गीत गुन्जिरहेको सुनिन्छ ।
यो गीतलाई सामाजिक सञ्जालमा शेयर गर्नेहरुको संख्या निरन्तर बढ्दो छ। ११४ वटा गीत लेखिसकेका प्रेम नारायण झाले यसबारेमा भनेका छन् कि उनले १४ वटा गीत रिलिज गरेका छन्, जसमध्ये “मिथिला में रहितो यौ पाहुन” गीतलाई सबैभन्दा बढी मनपराइएको छ।
गीत लेखनमा धर्मपत्नी कविता झाको महत्वपूर्ण सहयोग रहेको प्रेम झाले बताउनुभयो । यो गीत युट्युबमा मैथिली फुलडाली चैनलमा रहेको छ ।
यस्तै नवगीत “धन्य अछि पावन मिथिला धाम” बोलको मैथिली गीत आइरहेको झाले जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!