कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरु सम्मानित

Radio Nagarik 100.4 MHz बुधबार, आश्विन २३, २०८१

विराटनगर । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठिका अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मान गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको विभिन्न मापदण्डका आधारमा जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । उसले ८२ दशमलव ३१ अंक प्राप्त गरेको छ । ७८ दशमलव ७० अंक प्राप्त गरि तेहृथुम दोश्रो र ७६ दशमलव १२ अंक प्राप्त गरि उदयपुर तेश्रो भएको छ । स्वास्थ्य कार्यालयहरुमा इलाम प्रथम भएको छ । उसले ७६ दशमलव ६४ अंक प्राप्त गरेको छ । धनकुटाले ७३ दशमलव ९१ र उदयपुरले ७१ दशमलव ७९ अंक ल्याएर क्रमश दोश्रो र तेश्रो भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्वेद कार्यालयहरु अन्र्तगत ८० दशमलव ७३ ल्याएर उदयपुर प्रथम भएको छ । धनकुटाले ७६ दशमलव ३९ दोश्रो र खोटाङले ७३ दशमलव २६ ल्याएर तेश्रो भएको छ ।

असोज २० गतेदेखि विराटनगरमा शुरु भएर मङ्गलवार सम्पन्न भएको एकिकृत बार्षिक समीक्षा गोष्ठिमा कोशी प्रदेशका स्वास्थ्य कार्यालयहरु, जिल्ला अस्पतालहरु र आयुर्वेद कार्यालयहरुको प्रस्तुतीकरण गरेर प्रगति समीक्षा गरिएको छ ।

समीक्षामा आएका सुझावका आधारमा आगामी दिनमा कार्यक्रमहरु सुधार गरेर लगिने प्रदेश निर्देशक वस्नेतले बताउनुभयो । समीक्षा कार्यक्रममा मेची प्रादेशिक अस्पताल, कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, युएन एजेन्सी, एआईएन, अफिन, प्रदेश बीमा कार्यालयको पनि प्रगति प्रस्तुतीकरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मुकुन्द दाहालले जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!