विराटनगर । नि: शुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शनिबार विराटनगर वडा नम्बर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा जेष्ठ नागरिक समाज बिराटनगर ४ द्वारा आयोजना गरिएको शिविरमा १५५ जनाले नि:शुल्क आंखा जाँच र स्वास्थ्य परीक्षण गराएको जेष्ठ नागरिक समाजका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।शिविरमा हिमाल आँखा अस्पतालले आँखा सम्बन्धि प्राविधिक सहयोग गरेको थियो भने एन आई टी कालेजले स्वास्थ्य परीक्षण र सन्चो रिफरेन्स ल्याबोरेटरी बिराटनगरको सहयोग रहेको एन आई टी कलेजका संस्थापक अध्यक्ष भगवान झाले बताउनुभयो ।
बरिष्ठ जेष्ठ नागरिक श्री बुच झाले रिवन काटेर शिविर उद्घाटन गर्नुभयो । शिविर कार्यक्रमका प्रमुख अतिथि वडा नंबर ४ का अध्यक्ष श्री जीतन थापाले कार्यक्रमको प्रसंशा गर्दै जेष्ठ नागरिक समाजका अध्यक्ष श्री लोकेन्द्र कार्कीले सहयोगी संस्था र कार्यक्रमको सफलताको लागी सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै भविष्यमा पनि यस किसिमको सकारात्मक सहयोगको अपेक्षा ब्यक्त गर्नुभयो ।