धनपालथानमा जनस्वास्थ्य नीति, ऐन र स्वास्थ्यको प्रोफाइल प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

डुमरलाल मेहता बिहिबार, आषाढ २१, २०८१

विराटनगर । मोरङ्गको धनपालथान गाउँपालिकामा जनस्वास्थ्य नीति, ऐन र स्वास्थ्यको प्रोफाइल प्रस्तुतिकरण सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य नीति, ऐन र स्वास्थ्यको प्रोफाइल बनाउने सम्बन्धी धनपालथान गाउँपालिका र स्वास्थ्य पोषण तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) बीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत हिजो बुधवार गाउँपालिकाको हलमा जनस्वास्थ्य नीति, ऐन र स्वास्थ्यको प्रोफाइल प्रस्तुतिकरण सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको हर्ड नेपालका अध्यक्ष राकेश यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रस्तुतीकरण र छलफल पश्चात कार्यपालिकाको बैठक बसी सबै दस्ताबेजहरु पारित गरिएको छ । जनस्वास्थ्य नीति, ऐन र प्रोफाइल तयार गर्नको लागि हर्ड नेपाल संस्थाले प्राबिधिक सहयोग रहेको थियो भने गाउँपालिकाबाट उक्त दस्ताबेजहरु निर्माण गर्न सहजीकरण र आवश्यक सल्लाह सुझाब दिएको थियो । मोरंग जिल्ला कै नमुना रुपमा देखिएका यी स्वास्थ्यका दस्ताबेजले धनपालथान गाउँपालिकाका सबै नागरिकहरू शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न सक्षम हुनेछ ।

यहाँ उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सरोकारवाला सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य सेवा प्रदायक, सेवाग्राही र सरोकारवालाहरू बीच समन्वय र रणनीतिक सहकार्य गरी नागरिकहरूको स्वस्थ्य रहन पाउने मौलिक अधिकारको सुनिश्चित गर्ने यसको लक्ष्य रहेको छ । साथै धनपालथान गाउँपालिकाका सबै नागरिकहरुलाई स्वास्थ्यको अधिकार सुनिश्चित गर्न गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच वृद्धि गरी समतामूलक, न्यायसंगत एवं जवाफदेही स्वास्थ्य सेवा प्रणालीको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानो, प्रमुख प्रशासकिय प्रमुख मनोज कुमार ठाकुर, स्वास्थ्य साखा प्रमुख, वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य चौकीका प्रमुख लगायतको उपस्थिति रहेको थियो ्र

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!