विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।
माओवादी मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
माओवादीले सोमबारमात्रै प्रदेश सरकारमा बाहिरिने निर्णय गरेको थियो। संघमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको हो।