कोरोना संमक्रमणबाट मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृत्यु हुनेमा सप्तरी हनुमान नगर– २ का ३२ वर्षीय एक पुरूष, धरान–८ की ७७ वर्षीया महिला, इलाम–४ की २९ वर्षीया एक महिला र विराटनगर–१४ का एक पुरूष रहेका छन् ।
यो सहित नोबेल शिक्षण अस्पतालमा पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । हाल उक्त शिक्षण अस्पतालमा कोरोना संक्रमणका ९८ जना बिरामीको उपचार भइरहेको छ ।