काठमाडौँ । सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित नयाँ भवनको बैठक कक्षमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य तोकेको हो ।
सञ्चारमन्त्री रेखा शर्माका अनुसार अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्नेछन् भने सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिनेछ । यसरी किसानले पाउने मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ रहेको छ ।