गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, गाउँपालिका बासी शोकमा

डुमरलाल मेहता बुधबार, मंसिर २७, २०८०

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष लालीप्रसाद मेहताको हिजो मंगलवार उपचारको क्रममा मृत्यु भएको छ ।

नेपाली काङ्ग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ८० वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

गाउँपालिकाको अध्यक्षको रूपमा रहदा आफ्नो कार्यकालमा पुर्याउनुभएको योग्दानलाई देवानगञ्ज बासीले सधै स्मरणीय रहने स्थानियहरु बताउछन् । गाउँपालिकाका गाउँबासीको मनमन बसेको विकास प्रेमी मेहतालाई गुमाउदा अहिले पालिका उदास देखिएको छ ।

गाउँपालिकाले आज बुधबार मेहताको निधनमा शोक विदा दिएको छ । देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले एक प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणवर्ती क्षेत्रको ठुलो हस्ती गुमाएकोप्रती दुस्ख व्यत्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारमा गहिरो समवेदना ब्यक्त गर्नुभएको छ ।

पञ्चायतकालमा उपप्रधानपञ्च भएका लालिप्रसाद बहुदल आएपछि मध्यहर्षाही गाविसका पटक पटक अध्यक्ष भएको थियो ।

संघीयता पछि २०७४ मा उहाँ देवानगञ्ज गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको थियो । नेपाली कांग्रेसमा हाल उहाँ केन्द्रीय महाधिवेशन प्रतिनिधि थियो ।

सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेस जोगाउन मेहताले सशक्त भूमिका खेलेको उहाँको निकट नेताहरु बताउँछन् ।

मेहताको निधनपछि नेपाली काङ्ग्रेसलाई ठुलो क्षती पुगेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व राज्यमन्त्री सिताराम मेहताले सुनसरीको दक्षिणीवर्ती क्षेत्रको बलियो खम्बा गुमाएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस सुनसरीका युवा नेता तथा जिल्ला समन्वय समिती सुनसरीका प्रमुख समेत रहनुभएका जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले गाउँपालिका अध्यक्ष भएको बेला विकास गरेर जनताको लोकप्रिय नेता बन्नुभएको बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!