विराटनगर । संविधान दिवसको अवसरमा सुनसरीको झुम्का कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ४४ जनाको कैद मिनाहा भएको छ ।
राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको झुम्का कारागार कार्यालयले जानकारी दिनुभयो । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले स्थानीय प्रशासनको सिफारिसको आधारमा कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ । सजाय माफी हुनेमा कर्तव्य ज्यान २२ जना,सवारी ज्यान १४ जना, ज्यान मार्ने उद्योग ४ जना त्यसैगरी चोरीको कसुरमा सजाय काटिरहेको २ जना र बहुविवाह २ गरी ४४ जनाको कैदीलाई सजाय माफ गरेको छ । गृह मन्त्रालय र कारागार विभागको पत्रानुसार सजाय मिनाहा पाएका कैदीहरूलाई संविधान दिवसको दिन बुधबार नै बिदाइ गरेर आफन्तलाई जिम्मा लगाएर घर पठाइएको कारागारले जनाएको छ ।